arrow

घरपालुवा कुकुर भुकेपछि तीन जनामाथि हानियो गोली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
bullet-goli.jpg

काठमाडौं ।  कुकुरको विषयलाई लिएर तीन जनामाथि गोली प्रहार भएको छ । जसमा दुई जनाको मृत्यु भएको छ भने एकको उपचार भइरहेको छ ।

मध्य प्रदेशको देवासमा घरपालुवा कुकुर भुक्दा दुई पक्ष आमनेसामने भएका हुन् । विवाद बढ्दै जाँदा गोली हानाहान भएर दुई जनाको मृत्यु भएको उल्लेख भारतीय सञ्चारमाध्यमले गरेका छन् ।  गोली लागेर गोदारा परिवार दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजेश गोदारा र कैलाश गोदारा रहेका छन् । 

आइतबार बिहान राजेश गोदारा आफ्नो घरपालुवा कुकुरलाई घुम्न लिएर गएका थिए । उनीहरू घर फर्कँदै गर्दा डेडध परिवारका एक सदस्यलाई कुकुरले भुक्न थालेको थियो । यसपछि दुवै पक्षबीच झडप भएको थियो । त्यतिकैमा डेडध परिवारका तर्फबाट गोली चल्यो ।

घटना यतिसम्म पुग्यो कि गोदरा परिवारका तीन जनाको गोली हानी हत्या भयो । राजेशको घटनास्थलमै मृत्यु भएको देवासका एएसपी मनजित सिंहले बताए । कैलाश गोदाराको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ भने तेस्रो घाइतेलाई इन्दोर रिफर गरिएको छ ।

प्रहरीले दुई जना वरुण र राजेश देडाडलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ