arrow

एएनएको सम्मेलन गर्न शर्मिलाको संयोजकत्वमा महिला समिति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
ana-convention-2023.jpg

काठमाडौं । एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए) को ४० औँ सम्मेलनलाई सम्पन्न गर्न शर्मिला शर्मा संयोजक रहेको २७ सदस्यीय महिला समिति गठन भएको छ ।

आगामी जुलाई १  मा कोलोराडोको डेनभरमा हुने सम्मेलनमा शर्माको संयोजकत्वमा समिति गठन भएको हो । उपसंयोजकमा सरिता गुरुङ रहेकी छिन् भने तारा अधिकारीको संयोजकत्वमा महिला मंच (फोरम) संचालन हुनेछ ।

शर्मिलाको महिला समितिमा स्मृति प्रधान, पुनम शर्मा, प्रतिभा कार्की, साहना तुलाधर, समिका एस ड्रिकोल ,आरती ढकाल, शान्ति भुसाल, उर्बरा बराल, रश्मि प्याकुरेल, संजु खतिवडा, रमिता तुलाधर, पेमा डी श्रेष्ठ, बिमला झा, निरु रंजितकार, कोपिला ढुंगाना, अनुपमा खनाल, निर्मला अर्याल, कला राई, लेखा केसी, चण्डिका प्रधान, गंगा गुरुङ, पूजा श्रेष्ठ, पार्वती शर्मा, सुशिला चौलागाई, समीक्षा लुइँटेल, पूर्णिमा बिष्ट रहेका छन् ।

यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।

सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै सहसंयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसनलाल श्रेष्ठ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ