arrow

भारतमा आएको बिपरजोय आँधीले गुजरात र मुम्बईमा नौ को मृत्यु, ३७ हजार सुरक्षित स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
cyclone-india-2023-06-14.jpg

गुजरात । भारतमा आएको समुद्री चक्रवात बिपरजोय आँधीका कारण अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । गुजरात र मुम्बईमा नौ जनाको मृत्यु भएको हो । 

मंगलबारदेखि शुरु भएको आँधीबाट हुने मानवीय क्षति रोक्न ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । 

जसअनुसार मंगलबारसम्म ७ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रयस्थलमा पठाएको थियो।

 बिपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा ठूलो अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

 चक्रवाती आँधी बिपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ । जसकाकारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । 

आईएमडी प्रमुख मृत्युञ्जय महापात्राका अनुसार चक्रवातले कच्छ, देवभूमि द्वारका, जामनगर र पोरबन्दरका स्थानहरूमा अत्यन्त भारी वर्षा हुन सक्ने भएकाले सबै सुरक्षाका उपायहरु अपनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ