arrow

ठगी आरोपमा दार्चुलाका वडाध्यक्ष पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
wadadhakshaya.JPG

दार्चुला । चेक बाउन्स सम्बन्धी ठगी आरोपमा दार्चुलाका एक वडाअध्यक्ष पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्ण सिंह धामी रहेको प्रहरीले जनाएको छ । उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलालीका टेक कुँवरलाई दिएका थिए । 

१ वर्षसम्म पनि उक्त खातामा रकम नै नभएपछि कुँवरले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो । तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो । 

त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । धामी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ