arrow

काठमाडौं महानगरले बन्द गरायो हिसान शैक्षिक मेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
kathmandu-metro-final-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ । 

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा शुरु भएको थियो । जसको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । 

तर दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् । मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र माध्यामिक शिक्षा परीक्षा  (एसईई) को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो । 

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ