arrow

भारतीय निर्यात घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
india-map-and-flag-1310791.png.png

भारत ।  भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा भारतको निर्यात ६० अर्ब २९ करोड अमेरिकी डलर रहेको छ । 

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ प्रतिशतले कम हो ।

आयात ७.४५ प्रतिशतले घटेर ७० अर्ब ६४ करोड अमेरिकी डलर को बराबरीमा हुने अनुमान गरिएको छ ।

विद्युतीय सामान र कृषि निर्यातमा वृद्धि देखिएको छ, तर सन् २०२२ को अप्रिल–मे मा  समग्र व्यापार घाटा २०.५६ अर्ब डलरबाट अप्रिल–मे २०२३ मा सुधार भई १३.२८ अर्ब डलर पुगेको छ । 

फेडेरेशन अफ इन्डियन एक्सपोर्टर्स अर्गनाइजेसनका अध्यक्ष ए शक्तिवेलका अनुसार निर्यातमा आएको गिरावटको मुख्य कारण कुल गार्हस्थ्य उत्पादनमा आएको कमी, भूराजनीतिक तनाव, मौद्रिक कडाइ र मन्दीको डर हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ