- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँदिल्ली । विगत केही सातादेखि मणिपुर हिंसाको आगोमा जलिरहेको छ । आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ ।
यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।
यो घटना बाहिर आएपछि समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै विदेश राज्यमन्त्रीले भने, ‘म अहिले आधिकारिक कामका लागि केरलामा छु । धन्यबाद हिजो राति मेरो घरका कोही पनि घाइते भएनन्। बदमासले हानेको पेट्रोल बमले मेरो घरको भुइँ तल्ला र पहिलो तल्लामा क्षति पुगेको छ ।’
यसबाहेक, उनले भने कि ‘मेरो गृह राज्यमा के भइरहेको छ देख्दा धेरै दुःख लागेको छ। म अझै पनि शान्तिको लागि अपील गरिरहनेछु। यस्तो हिंसा गर्नेहरू पूर्णतया अमानवीय छन् ।’