arrow

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
abdul-khan-parliament-2080-03-01.jpg

काठमाडौँ । राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो सांस्कृतिक, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले सांस्कृतिक, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नु पर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिस्कार गरिरहेको जानकारी दिए । यसका साथै यस्ता प्रावधान हटाउनुपर्ने उनको माग छ । 

‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नु पर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिस्कार गरेका छन्,’ उनले भने, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ