arrow

प्रधानन्यायाधीश कार्कीले लिए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
harikrishna-karki-chief-justice-oath-2080-03-01.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार साँझ आयोजित एक समारोहका बीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन् । 

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संवैधानिक अंगका प्रमुखहरू,  न्यायाधीशहरू, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा प्रमुखहरु, नेपाल बार एसोसिएसनका अध्यक्ष लगायतको उपस्थिति थियो । 

यसअघि शुक्रबार बिहान संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । 

समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।

योसँगै कार्कीले बीस दिन सर्वोच्च अदालतमा नेतृत्व सम्हाल्ने छन् । उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रधानन्यायाधीशहरु अनिवार्य अवकाशमा जानुअघि एक महिना घरबिदामा बस्ने चलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ