arrow

‘इन्जिनियर’ तोप चरा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
Baya weaver-.jpg

काठमाडौँ । तोप चरा अरु चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ । कलात्मक र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।

रुखमा झुन्ड्याएर बनाएको गुँड देखाएर उसले पोथी फकाउने गर्दछ । गुँड मन पर्‍यो भने मात्रै पोथी बस्छ, नत्र बस्दैन । त्यसैले पनि भाले तोप चराले बडो मेहनतका साथ गुँड बनाउँछ ।

सुन्दर गुँड बनाउन भालेहरूबीच प्रतिस्पर्धा नै हुन्छ। त्यसपछि पोथीले आफूलाई मन परेको गुँड छानेर बस्छ। रुखको हाँगामा झुण्डिएको गुँड प्रजनन्‌का लागि प्रयोग गर्छन् । 

गर्मी छल्न पहाड उक्लिने यो चरा जाडो शुरु हुने बेला तराईतिर झर्छ। 

 

Baya weaver-Nepal Photo Library7.jpg
Baya weaver-Nepal Photo Library2.jpg
Baya weaver-Nepal Photo Library6.jpg
Baya weaver-Nepal Photo Library5.jpg
Baya weaver-Nepal Photo Library1.jpg
Baya weaver-Nepal Photo Library4.jpg
Baya weaver-Nepal Photo Library3.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ