arrow

आईसीसी विश्वकप छनोट

नेपाल जिम्बाब्वेविरुद्ध हावी, ओपनरद्धय कुशल र आसिफको अर्धशतक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
neapl-cricket-aasif-seikh-kushal-bhurtel-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजबाट जिम्बाब्वेमा शुरु भएको छ । पहिलो खेलमा नेपालले आयोजक जिम्बाब्वेसँग खेलिरहेको छ ।  

हरारे स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसँग एक दिवसीय विश्वकप छनोटमा खेलिरहेको हो । यो नेपालको टेष्ट राष्ट्रसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल पनि हो । 

नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ । नेपालले उत्कृष्ट शुरुआत गरेको छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले शानदार साझेदारी गरेका छन् । 

दुवैले अर्धशतक बनाउने क्रममा डेढ सय रनको साझेदारी गरिसकेका छन् । नेपालले २९ ओभरमा कुनै विकेट नगुमाई १५६ रन बनाइसकेको छ । 

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिममा सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र गुल्सन झा रहेका छन् । 

रोहित जारी विश्वकप छनोटका सबैभन्दा कम उमेरका कप्तान हुन् । 

नेपाल र जिम्बाब्वेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । सन् २०१८ को ४ मार्चमा जिम्बाब्वेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । 

त्यो बेला नेपालसँग एक दिवसीय मान्यता थिएन । उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । सो खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

समूह ए मा रहेको नेपालको अर्को खेलमा अमेरिका र वेष्ट इन्डिज भिडिरहेका छन् । खेलमा वेष्ट इन्डिजले पहिले ब्याटिङ गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ