arrow

१३ जना सवार जीप कर्णाली नदीमा खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
accident-final.jpeg

कर्णाली । १३ जना सवार जीप आज कर्णाली नदीमा खसेको छ ।  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको हो । 

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए । 

जीपमा चालकसहित १३ सवार थिए । जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो । 

उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ । 

उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ