arrow

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
ghorahi-cement-logo-2080.jpg

काठमाडौँ । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । 

योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरेको जनाएको थियो ।

एकातिर दोब्बर बढी आवेदन परेको देखाउने अनि अर्कातिर आवेदन दिने म्याद असार १४ सम्म पुर्याइनुबीच तारतम्य नमिलेको भन्दै घोटाला भएको शंकामा सीडीएससीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । 



लोकप्रिय समाचार
नयाँ