arrow

घोराही सिमेन्टले जालसाजी गरेको शंकामा सीडीएस उत्रियो कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
ghorahi-cement-logo-2080.jpg

काठमाडौँ । घोराही सिमेन्टको शेयर बिकाउन जालसाजी भएको शंका गरिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सोमबार विज्ञप्ति निकालेर धितोपत्रको सार्वजनिक निष्काशनमा आकर्षण देखाउन फर्जी आवेदनविरुद्ध कारबाही गरिने चेतावनी दिएको हो । 

सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको घोराहीविरुद्ध सीडीएसले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदनको संख्या र परिमाणलाई प्रभावित पार्ने गरी आवेदन दिने कार्यलाई झुटा एवं जालसाजीयुक्त कारोबार हुने उल्लेख गरेको छ। 

“त्यस्तो कार्य गर्ने व्यक्ति र संस्थालाई धितोपत्र ऐन २०६३ बमोजिम झुटा र जालसाजीयुक्त कारोबार मानेर कारबाही गरिनेछ,” विज्ञप्तिमा भनिएको छ।

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता शेयर बिक्रीका लागि निष्काशन गरिरहेको छ। 

एक सय रुपैयाँ अंकित मूल्यको यी शेयर ३३५ सहित प्रिमियममा बिक्रीमा राखिएको छ। स्थानीय बासिन्दा, कर्मचारी र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणमा निष्कासन गरिएको शेयर मागअनुसार बिक्री भएको थिएन।

त्यसैकारण, सर्वसाधारणको लागि जारी गरिएको शेयर पनि सबै परिमाणमा बिक्री नहुने आशंका थियो। तर यसको शेयरमा आकर्षण रहेको देखाउन फर्जी तरिकाले आवेदन दिइएको सीडीएसले आशंका गरेको हो ।

अर्को कुरा त के भने माग भन्दा बढी नै शेयर भरिएको बताउँदा बताउँदै आवेदन दिने म्यादसमेत लम्ब्याएर असार १४ गतेसम्म पुर्याएसँगै सीडीएसले थप शंका गरेको हो । 

यो कम्पनीमा एक करोड कित्ताभन्दा बढीको आवेदन फर्जी रहेको सीडीएसले आशंका गरेको छ। ब्यांक खातामा पर्याप्त रकम नभएपछि यो परिमाणको आवेदन रद्द भइसकेको छ। 

घोराहीले आजसम्मको समय तोकेकामा म्यादलाई लम्ब्याएर असार १४ गतेसम्म पुर्‍याएको छ। 

रद्द भएको आवेदनबाहेक नै घोराही सिमेन्टमा मागको तुलनामा दोब्बर आवेदन परिसकेको छ। तर समय थपेसँगै शंकाको घेरामा परेको हो । 

प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्याइएको कम्पनीले दाबी गरेको छ । तर यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगावै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले बताएको छ । 

सीडीएसका अनुसार आइतबार साँझसम्ममा यस आइपीओमा ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ । ४ लाख ४५ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ७२ लाख ५५ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् ।  

यो मागभन्दा २।४९ गुणा बढी आवेदन हो । कम्पनीले जेठ ३२ गते देखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो । 

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गरेको हो । 

 घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । 

 केयर नेपालले घोराही सिमेन्टलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले सन् २०२२ जुलाई २२ गते यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ जुलाई १३ गतेसम्म बाहल रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ