arrow

बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्न सक्छः गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
gagan thaapa.jpg

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्न सक्ने बताएका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताए ।  

उनले भने,‘ सिङ्गो नेपाली काँग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली काँग्रेसले आफूलाई बदलेन भने काँग्रेस 'काँग्रेस' जस्तो हुँदैन । देश नबदलि भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन की भन्ने डरबाट युवाहरु विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाईको चिन्ता आएको छ । यो बीचमा काँग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली काँग्रेसले आफूलाई बदल्छ । बदलेको काँग्रेसले मात्रै देश बदल्न सक्छ । काँग्रेस अहिले जसरी चलेको छ । त्यसरी नै चल्ने हो । ठीक भएर चलेको छ भनेर मान्दैनौँ  भने काँग्रेस दुर्घटनामा जान्छौं । हामी जसरी चलिरहेका छौं । यो भन्दा भिन्न ढङ्गबाट चल्नुपर्छ । चल्न सक्छौं । काँग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं । कहिलेकाहिँ जग बदल्नुपर्छ । कहिले काँही झ्यालबाट बदल्नुपर्छ । धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ । जे कुराको समस्या हुन्छ त्यो बदल्नुपर्छ । त्यो बदल्दै ठिक बनाएर जाने हो । काँग्रेस हाम्रो घर हो । हाम्रो जीवन लागेको छ । देशमा अफ्ठ्यारो परेको बेला नेपाली काँग्रेसले ठिक ढङ्गले देशलाई समालेन भने देशको अर्को १० देखि १५ वर्ष जान्छ । अफ्ठ्यारो परेको बेला काँग्रेस देश सम्हाल्नुपरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ