arrow

सामाजिक सञ्जाल नियमन जरुरी – सांसद प्रतिमा गौतम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
pratima-gautam-2080-03-04.jpg

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सामाजिक सञ्जालको नियमन जरुरी भएको बताएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै गौतमले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै त्यसको नियमन गर्नुपर्नेमा जोड दिएकी हुन् । 

उनले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरे पनि त्यसको दुरुपयोग बढ्दा नियमनको पाटो भने कमजोर देखिएको बताइन् । 

उनले सामाजिक सञ्जाल र आमसञ्चारले उठाउने विषयले व्यक्तिको गोपनीयताको हकमाथि प्रहार हुन थालेकोसमेत बताइन् । उनले सरकारले नागरिकका व्यक्तिगत सूचनाहरूको संरक्षण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेकोसमेत बताएकी छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ