arrow

पूर्वमा मनसुनी प्रणाली, अन्यमा स्थानीय र पश्चिमी वायुको प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
weather-evergreen-rain.jpg

काठमाडौं । हाल कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती कोसी , मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ