arrow

यी स्थानमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
weather-evergreen-rain.jpg

काठमाडौं ।  हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । 

आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको र अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाद्वारा प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ