arrow

बजेटप्रति असन्तुष्ट एसले बोलायो संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
nekapa-ekikrit-samajbadi.jpg

काठमाडौं । बजेटप्रति असन्तुष्ट नेकपा (एकीकृत समाजवादी)  एसले संसदीय दलको बैठक बोलाएको छ । 

बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ । 

बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन् । 

पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे जनाएपनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिएका छन्। 

तथापी पार्टीका सांसदहरुले भने बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिँदै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ