arrow

युक्रेन र रुसी सेनामा नेपाली युवा, पोखरा विमानस्थल बीआरआई अन्तर्गत भनेपछि बजगाईँले गराए ध्यान आकृष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
rajendra-bajgai-parliament-2080-02-24.jpg

काठमाडौं । सांसद  राजेन्द्र बजगाईँले प्रतिनिधि सभा बैठकमा  ‍युक्रेन र रुसमा नेपाली जवानहरू भर्ती देखि बीआरआईको विषयमा कुरा उठाएका छन् ।  

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले युक्रेन र रुसमा नेपाली जवानहरू भर्ती भइरहेको बताएका हुन् । 

उनले भने,' युक्रेन र रसियामा नेपाली जवानहरू त्यहाँका सेनामा भर्ती भइरहेको विवरणहरू सार्वजनिक भई रहेका छन् ।   यसमा कुनै दुर्घटना ननिम्तियोस् ।  भविष्यमा यसले हामीलाई कुनै समस्या पारोस् ।  सरकार उदरदायी हुने परिस्थिति सृजना नहोस्   । यसैगरि कतारले पनि सुसज्जित हतियार दिएर नेपालका युवालाई प्रहरीले भर्ती गरिरहेको छ  त्यसमा सरकारको ध्यान जाओस् ।'

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत भएको नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भनेको कुरामा सरकारको ध्यान आकृष्ट गराएका छन् । 

उनले भने,' पोखरा एयरपोर्टलाई बीआरआई अन्तर्गत हो भनेर चिनियाँ महामहिम ज्यूले भन्नु भयो । त्यसमा पनि सरकारको ध्यान आकृष्ट होस् भन्ने माग गर्न चाहन्छु ।' 

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  चिनियाँ राजदूतले बीआरआई परियोजनाअन्तर्गत भएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ