arrow

कान्तिलोकपथ अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
kanti-highway.jpg

ललितपुर ।  कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।  

त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ