arrow

घुम्नलाई जिरी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
jiri.jpg

काठमाडौँ । भौगोलिक रुपमा नेपाललाई दाँज्नै पर्‍यो भने विभिन्न देशको नाम लिने गरिन्छ । प्रायः शुरुमा सबैको दिमागमा स्वीट्जरल्यान्ड नै आउने गर्छ । हो स्वीट्जरल्यान्डको भूगोल नेपालसँग धेरै थोरै मिल्न पनि जान्छ । तर नेपालको पनि मुख्य गरी अर्को स्वीट्जरल्यान्ड भनेर चिनिने ठाउँ भनेको दोलखाको जिरी हो ।

राजधानीबाट करिब दुई सय किलोमिटरमा रहेको जिरी साँच्चै नै केही फरक देखिन्छ । काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा कला संस्कृति, भेषभुषा र स्थानीय खाद्यपरिकारहरु रहेका छन् ।

जिरीमा घुम्न  जानको लागि प्रशस्तै ठाउँहरु छन् । पाँच पोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन इकोलोजिकल पार्क, चिज फयाक्ट्ररीहरु जिरी नजिकका मुख्य आकर्षण ठाउँहरु हुन् । जिरीका पर्यटन अभियन्ता भनेर चिनिने तथा जिरी घुम्न जाऔँ फिरिरि भनेर शुरु गर्ने व्यक्ति लिलाराम खड्का भन्छन्, 'राजधानी नजिकको राम्रो पर्यटन क्षेत्रमा सभ्भावना बोकेको क्षेत्र अहिले कसैको मुखमा आउने गरेको छैन जिरी । सगरमाथाको पहिलो प्रवेशद्वार भनेर चिनिने जिरी अहिले सुनसान छ । यसको समाधान गर्न स्थानीय सरकारसँगै केन्द्रीय सरकारको पनि ध्यान जान जरुरी छ ।' 

पहिला जिरीका होटलहरु  गर्मीको समयमा भरिभराउ हुन्थे । अहिले त्यो न्यूनमा झरिसकेको छ । आन्तरिकसँगै बाह्य पर्यटकको पनि धेरै सम्भावना बोकेको ठाउँ हो जिरी । जिरीमा प्रायः घुम्न आउने यहाँको हावा पानी मै रमाउन हो । गर्मीको समयमा गर्मी छ्ल्न नै यहाँ विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु आउने गर्छन् ।

जिरी चिज र छुर्पीका लागि  पनि त्यत्तिकै लोकप्रिय छ । यहाँ आएर आलु , छुर्पी, चिज् नलग्ने विरलै हुन्छन् । स्थानीय उत्पादनले अझै राम्रो ठाउँ पाउन सक्छ । 

DJI_0621.jpg
DJI_0361.jpg
DJI_0526.jpg
IMG_0169.jpg
DJI_0514.jpg
DJI_0546.jpg
DJI_0524.jpg
IMG_0171.jpg
DJI_0303.jpg
IMG_0149.jpg
DJI_0417.jpg
DJI_0421.jpg
DJI_0567.jpg
IMG_0208.jpg
DJI_0441.jpg
DJI_0553.jpg
DJI_0522.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ