arrow

यू–१६ लिग असार ३० देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
anfa-meeting-2080-03-10.jpg

काठमाडौँ । एन्फा यू १६ लिग फुटबल असार ३० गतेदेखि आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)  ले आइतबार यू–१६ लिग असार ३० बाट शुरु हुने जनाएको हो ।

एन्फाले ए डिभिजन लिग क्लबसँगको छलफलपछि लिगको नयाँ मिति तय गरिएको जनाएको छ । यसअघि यू–१६ लिग असार २३ गतेबाट शुरु हुने बताइएको थियो ।

क्लबहरूले मंगलबारसम्म आफ्ना टोलीहरू दर्ता गर्नुपर्नेछ भने असार २४ सम्म खेलाडी दर्ता गर्नु पर्नेछ ।

लिगको खेल तालिका असार २५ मा सार्वजनिक गरिनेछ ।

लिगका खेलहरु शुक्रबार वा शनिबार अथवा सार्वजनिक बिदाको दिन खेलाइनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ