arrow

दार्चुलाका नौमध्ये आठ स्थानीय तहले ल्याए बजेट 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० असार ११ सोमबार
darchula.png
तस्बिर – फाइल ।

दार्चुला । दार्चुलाका ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट ल्याएका छन् । शैल्यशिखर नगरपालिका बाहेकका ८ स्थानीय तहहरुले बजेट ल्याएका हुन् । 

नीति तथा कार्यक्रम ल्याइसकेको शैल्यशिखर नगरपालिकाले बजेट भने सार्वजनिक गरेको छैन । जिल्लाको महाकाली नगरपालिकाले ६३ करोड २३ लाख ९७ हजार ६६० रुपैयाँको बजेट ल्याएको छ । 

यस्तै मालिकार्जुन गाउँपालिकाले ५९ करोड १३ लाख ६४ हजार बराबरको बजेट ल्याएको छ भने लेकम गाउँपालिकाले ४८ करोड ९७ लाख ५७ हजार ४ सयको बजेट ल्याउँदा दुहुँ गाउँपालिकाले ३६ करोड ४ लाख ७० हजारको बजेट ल्याएको छ । 

यस्तै जिल्लाको अपिहिमाल गाउँपालिकाले ३० करोड ५० लाख ९७ हजार बराबरको बजेट ल्याएको छ भने नौगाड गाउँपालिकाले ४० करोड ७६ लाख ४७ हजार ५०० बराबरको बजेट ल्याएको छ । 

त्यसैगरी व्याँस गाउँपालिकाले ३८ करोड ४५ लाख २४ हजारको बजेट ल्याएको छ भने मार्मा गाउँपालिकाले ४० करोड ३३ लाख ६१ हजार बराबरको बजेट ल्याएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानुनी व्यवस्था अनुसार असार १० गते भित्र बजेट पेश गरिसक्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ