arrow

सरकारको बजेट पारित, पक्षमा १४७, विपक्षमा १०८ र तटस्थ ० मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
parliament-2080-03-13b.jpg

काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट पारित भएको छ । बजेट बहुमतका आधारमा मत विभाजन गरेर पारित भएको हो । 

बुधबारको प्रतिनिधि सभाको बैठकमा ध्वनि मतका आधारमा बहुमतले बजेट पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेको भए पनि एमाले सचेतक महेश बर्तौलाले मत विभाजनबाट निर्णय गर्न माग गरेसँगै मत विभाजनबाट बजेट पारित भएको हो । 

उपस्थित २५५ सांसद मध्ये बजेटको पक्षमा १४७ मत, विपक्षमा १०८ मत र तटस्थमा ० मत परेको छ । 

योसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट पारित भएको हो । जसमा जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा समेट्ने प्रस्ताव फिर्ता भएको छ । 

अन्य भने यथावत् रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ