arrow

मोगर्नका विद्यार्थी लगातार तेस्रो पटक विश्वविद्यालय टपर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
students-2080-03-14.jpg

काठमाडौँ । मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा होटल व्यवस्थापन अध्ययन गरेका विद्यार्थी विश्वविद्यालयको परीक्षामा लगातार तेस्रो पटक बोर्ड पहिलो भएका छन् । 

स्नातक तहको होटल व्यवस्थापन विषयको पहिलो सेमेस्टरमा साइमा अन्सारी युनिभर्सिटी बोर्ड भएकी भएकी हुन् । पूर्वाञ्चल विश्वविद्यालयले होटल व्यवस्थापनमा २०७८ ब्याचमा भर्ना भएका पहिलो सेमेस्टरका विद्याथीको नतिजा केही दिनअघि सार्वजनिक गरेको थियो । 

विश्वविद्यालयको नतिजाअनुसार, मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थी साइमा अन्सारी बीएचएम प्रथम समेस्टरमा ३.७९ जीपीएसहित बोर्ड परीक्षामा विश्वविद्यालय प्रथम भएकी हुन् । अन्सारीले कक्षा ११ र १२ पनि मोर्गन कलेजमै अध्ययन गरेकी थिइन् ।

यसअघि २०७७ ब्याचको होटल व्यवस्थापनको बोर्ड परीक्षामा पनि मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थी उत्कृष्ट भएका थिए । उक्त ब्याचको दोस्रो समेस्टरको बोर्ड परीक्षामा मोर्गन कलेजका विद्यार्थी नै प्रथम, द्वितीय र तृतीय हुन सफल भएको कलेजका होटल व्यवस्थापन विभाग प्रमुख राहुल बुढाथोकीले जानकारी दिए ।

त्यसबेला मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजकी विद्यार्थी एकता चौलागाई दोस्रो सेमेस्टरमा ३.८८ जीपीपएसहित बोर्ड फस्र्ट भएकी थिइन् । त्यसैगरी, कृतिका खड्काले ३.७९ जिपिएसहित बोर्ड परीक्षामा दोस्रो स्थान र  कृपेश अधिकारीले ३.७५ जीपीपएसहित तेस्रो स्थान हासिल गरेका थिए । 

त्यसअघि २०७६ ब्याचमा पनि उनै एकता चौलागाईले होटल ब्यवस्थापनको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा विश्वविद्यालय बोर्ड फस्र्ट भएको विभागीय प्रमुख बुढाथोकीले जानकारी दिए । चौलागाई ३.८८ जीपीएसहित बोर्ड फस्र्ट भएकी थिइन् । 

विद्यार्थीहरुलाई व्यवहारिक सिकाइमा विशेष ध्यान दिइने भएकोले मोर्गन कलेजले लगातार उत्कृष्ट नतिजा हासिल गरिरहेको बुढाथोकीले बताए । 

‘कलेजले होटल व्यवस्थापन अध्यापनको लागि सम्पूर्ण सुविधासहितको आधुनिक ल्याब तयार गरेको छ ।  उच्च दक्षता हासिल गरेका अध्यापकहरुले विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक विषय सिकाउनुहुन्छ । यसैको प्रतिबिम्ब बोर्ड परीक्षामा देखिएको हो’, बुढाथोकीले भने । 

त्यसबाहेक विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले काठमाडौंका उत्कृष्ट होटलको निरन्तर अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइएको उनले बताए । ‘होटल म्यानेजमेन्टको ल्याबमा निरन्तर अभ्यासबाट नै विद्यार्थीलाई अभ्यस्त बनाउने गरेकाछौं । होटल व्यवस्थापनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने ध्येयका साथ काम गरेकाले हरेक वर्ष हामीले विद्यार्थीबाट उत्कृष्ट नतिजा पाइरहेका छौं’, बुढाथोकीले भने । 

मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा पूर्वाअञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा होटल म्यानेजमेन्ट, ब्याचलर अफ विजेनेश एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ सिभिल इञ्जिनियरिङ र एमबीए अध्यापन भइरहेको छ ।  

त्यसैगरी मोर्गन इन्टरनेशन कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचर अफ इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस) लगायतका विषय अध्यापन भइरहेको छ ।  

कलेजले गत साता मात्रै आफ्ना विद्यार्थीलाई जापानमा इन्टर्नसीप गराउनको लागि जापानिज् कम्पनी आइम्याक इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ