arrow

विद्युतीय चुलोमा प्राक्टिकल एक्सनको योगदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
practical-action-2080-03-16.jpg

काठमाडौँ । प्राक्टिकल एक्सनले विद्युतीय चुलोको बजार प्रवर्धन परियोजनाको राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरेको छ । राष्ट्रिय योजना आयोग, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरणजस्ता जिम्मेवार सरकारी निकाय, विद्युत उत्पादन र प्रयोगमा संलग्न विभिन्न साझेदारहरू, दातृ निकाय, राष्ट्रिय सञ्जाल, गैह्रसरकारी संस्था, व्यापारी र समुदायका प्रतिनिधिहरूको  उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । 

प्राक्टिकल एक्सनका परियोजना प्रबन्धक बासुदेव उपाध्याय र कार्यक्रम प्रमुख मिन विक्रम मल्लले “विद्युतीय चुलोको बजार प्रवर्धन” परियोजनाको बारेमा विस्तृत जानकारीको साथै उपलब्धिहरू र सिकाईहरूको समीक्षा गरे । 

साथै परियोजनामा आबद्ध भएका विभिन्न साझेदारहरूले आफ्ना अनुभव सबै माझ राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगकी सदस्य डा. अनिता शाह ढुङ्गानाले प्राक्टिकल एक्सनको विद्युतीय चुलो परियोजनाका उपलब्धि र कार्यक्रम पद्धतिको प्रशंसा गर्दै १६औँ आवधिक योजना तयारी भइरहेको परिवेशमा यो कार्यक्रम निकै सान्दर्भिक भएको बताइन् । यस कार्यक्रममा छलफल भएका ठोस विषयलाई  उनले आवधिक योजना बनाउने क्रममा गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाइन् । 

यस्तो छ प्राक्टिकल एक्सनको विज्ञप्ति [जस्ताको त्यस्तै]

प्रेस विज्ञप्ति
प्राक्टिकल एक्शन सामाजिक विकासका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो जसले गरिबीमा बाँचिरहेका जनसमुदायको जीवनमा परिवर्तन ल्याउनका लागि उनीहरू सँगै मिलेर काम गर्दछ। संसारमा विद्यमान  केही जटिल समस्याहरूको समाधान पहिचान गर्नका लागि हामी समुदायहरूसँगै मिलेर काम गर्दछौँ, विशेष गरी यस्ता समस्याहरू जसलाई विनाशकारी जलवायु परिवर्तन र निरन्तर चली आएको लैङ्गिक असमानताले अझ चुनौतीपूर्ण बनाएका छन्। कृषि, जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, र पानी र फोहोर व्यवस्थापनका क्षेत्रमा सरल, नवीन, र स्थानीय अपनत्व भएका समाधान पहिचान गर्नु हाम्रो प्राथमिकता हो। साथै हामीले सफल समाधानहरू अरू सरोकारवालाहरूसँग पनि सिकाइका रूपमा साट्ने गरेका छौँ, किनकि ठुला परिवर्तनहरू प्राय सानैबाट सुरु हुन्छन्। हामी विश्वका तीन महादेश – एसिया, अफ्रिका र दक्षिण अमेरिकाका समुदायहरूसँग अपेक्षित परिवर्तनहरूका लागि काम गर्दछौँ। नेपालको परिवेशमा भने हामीले तीन वटा कार्यक्रम क्षेत्रहरू: स्वच्छ ऊर्जा, दिगो कृषि र बजार, र जलवायु परिवर्तन उत्थानशीलता सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। 
प्राक्टिकल एक्शनले समुदायहरूसँग स्वच्छ ऊर्जामा पहुँच बढाउन र सोही ऊर्जाको उत्पादकीय प्रयोग बढाउनको लागि काम गर्दछ, जसको मुख्य उद्देश्य जनसमुदायको स्वास्थ्य र जलवायुमा हानिकारक उर्जाको नकारात्मक प्रभाव कम गर्नु हो। यही लक्ष्य प्राप्त गर्न भइरहेका विभिन्न क्रियाकलापहरूमध्ये हामीले EnDev कार्यक्रमको आर्थिक सहयोग र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको सहकार्यमा बागमती, लुम्बिनी तथा गण्डकी प्रदेशमा “विद्युतीय चुलोको बजार प्रवर्धन परियोजना” तीन वर्ष अघि सुरु गरेको थियो। 
सोहि परियोजना अन्तर्गत भएका उपलब्धिहरू, सिकाईहरूको आदान प्रदान र सुझावहरू संकलन गर्नका निमित्त आज विद्युतीय चुलोको बजार प्रवर्धन परियोजनाको राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरिएको थियो। । राष्ट्रिय योजना आयोग, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरणजस्ता जिम्मेवार सरकारी निकाय, विद्युत उत्पादन र प्रयोगमा संलग्न विभिन्न साझेदारहरू, दातृ निकाय, राष्ट्रिय सञ्जाल, गैह्रसरकारी संस्था, व्यापारी र समुदायका प्रतिनिधीहरूको  उपस्थितिमा आजको कार्यक्रम भव्यता पूर्ण र सहभागीतामुलक हिसाबले सुसम्पन्न भयो। 
प्राक्टिकल एक्शनका परियोजना प्रबन्धक बासुदेव उपाध्याय र कार्यक्रम प्रमुख मिन विक्रम मल्लले “विद्युतीय चुलोको बजार प्रवर्धन” परियोजनाको बारेमा विस्तृत जानकारीको साथै उपलब्धिहरू, र सिकाईहरूको समिक्षा गर्नुभयो। साथै परियोजनामा आबद्ध हुनुभएका विभिन्न साझेदारहरूले आफ्ना अनुभव सबै माझ राख्नुभयो। 
कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. अनिता शाह ढुङ्गानाज्यूले प्राक्टिकल एक्शनको विद्युतीय चुलो परियोजनाका उपलब्धी र कार्यक्रम पद्धतीको प्रशंसा गर्दै, १६औँ आवधिक योजना त्यारी भइरहेको परिवेशमा आजको कार्यक्रम निकै सान्दर्भिक भएको बताउनुभयो र यस कार्यक्रममा छलफल भएका ठोस विषयलाई  उहाँले आवधिक योजना बनाउने क्रममा गम्भीरता पुर्वक लिने प्रतिबद्धता जनाउनुभयो। 
त्यस्तै विद्युत नियमन आयोगका सदस्य भागिरथी ज्ञवालीज्यूले आफ्नो मनतव्य राख्दै नियमन आयोगले बनाएका निर्देशिकाहरूको बारेमा सबैलाई जानकारी गराउनुभयो र अझै पनि केही निर्देशिकाहरू आवश्यक भएको कुरा राख्नुभयो। उपस्थित सबै साझेदारहरूलाई आह्वान गर्दै वहाँले आयोगले बनाएका र बनाउनुपर्ने निर्देशिकाहरू अझ सान्दर्भिक बनाउनका निमित्त सबैको सुझाव एकदमै आवश्यक भएको बताउनुभयो। 
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजना र आयोजित कार्यक्रमको प्रशंसा गर्दै, “राज्यले विद्युतीय चुलोलाई लिएर जुन लक्ष्य लिएको छ, हामी त्यस लक्ष्यबाट धेरै टाढा छैनौँ हामी साझेदारहरूको सहकार्य अझै बलियो बनाउँदै लग्न जरुरी छ। समुदायमा विद्युतीय चुलो स्वीकार्न वातावरण निर्माण गर्ने, मापदण्ड बनाएर बजारमा विस्तार गर्ने, तोकिएको मापदण्ड पालना गर्ने, विद्युत वितरण सुधार गर्ने देखि लिएर अझ सहज नीतिगत वातावरण सिर्जना गर्नेसम्म, हामी सबैको धेरै जिम्मेवारी र भूमिकाहरू छन्। यसरी नै साथ हिँड्न झनै जरूरी भएको छ।” भन्नुभयो। 
अन्त्यमा प्राक्टिकल एक्शनको राष्ट्रिय निर्देशक, पुजा शर्माले कार्यक्रमको समापन गर्दै विद्युतीय चुलोको अभियानमा लिएको छलाङ् र परिवर्तन भएको बहसको मुद्धाहरूलाई लिएर खुसी व्यक्त गर्नुभयो। उहाँले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यस परियोजनाको सफलता पछाडी सबैको साथ र सहकार्यको ठूलो भूमिका रहेको बताउनुभयो। उहाँले भन्नुभयो “दुई वर्ष अगाडि हामी यस्तै बसाइमा प्राय समस्याका कुरा गरिरहेका हुन्थ्यौँ तर आज हामी समाधानका कुरा गरिरहेका छौँ। यो समाधानमा विभिन्न साझेदारहरूको भूमिका महत्वपूर्ण छ र प्राक्टिकल एक्शनले निर्वाह गर्नुपर्ने भूमिकामा हामी प्रतिबद्ध छौँ।”


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ