arrow

चिरीबाबु भन्छन्- कसैलाई काखापाखा गरिनँ र गर्दिनँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
chiribabu1.JPG

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सेवा प्रवाहमा आफूले कसैलाई काखापाखा नगरेको र अब पनि नगर्ने बताएका छन् । सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रियामा उनले निर्वाचित भएर काम गर्दा पहिलो कार्यकालमा कसैलाई काखापाखा नगरेको र यो दोस्रो कार्यकालमा पनि सबैलाई समानरूपले हेरेर सेवा प्रवाह गर्ने बताए । 

'नगरप्रमुखमा निर्वाचित भएपछि कसैलाई काखापाखा गरिनँ र गर्दिनँ । नियम, कानून र प्रक्रियाभन्दा बाहिरको काम पहिलो कार्यकालमा गरिनँ, यो कार्यकालमा त्यस्तो काम कुरा आएकै छैन । हामीले सुशासन र सेवा प्रवाहमा धेरै नयाँ नौलो काम गर्दै आएका छौँ', नगरप्रमुख महर्जनले भने । उनले सार्वजनिक खरिद ऐनका कारण पूर्वाधार तथा सडक निर्माणमा समस्या भएको उल्लेख गरे । महानगर प्रमुख महर्जनले दुई दशमलव आठ किलोमिटर बाटो कालोपत्र हुन सात वर्ष लागेको बताउँदै यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।

 उनले सार्वजनिक निर्माण क्षेत्रमा सुरक्षालाई पहिलो प्राथमिकता नदिएसम्म सम्झौता नै हुन नसक्ने अवस्था सृजना गर्नु आवश्यक भएकोमा जोड दिए । सार्वजनिक खरिद ऐनको समस्याका कारण देशमा पूँजीगत खर्च आशातीत रूपमा हुन नसकेको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ