arrow

गठबन्धनले कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धवलाई उम्मेदवार बनाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
uddav-thapa-congress-provin.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ताधारी गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने निर्णय गरेको छ । 

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले सो निर्णय गरेको हो । कोशीमा कांग्रेस र माओवादीबीच कसले नेतृत्व गर्ने भन्नेमा समस्या देखिएको थियो । 

सोही समस्यापछि केन्द्रको निर्णय मान्ने सहमति कोशी प्रदेशमा भएको थियो । कोशीमा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एसका ४ तथा जसपाका १ सांसद छन् । 

उता एमालेका ४० र राप्रपाका ६ सांसद छन् । ९३ सदस्यीय प्रदेशमा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छन् । 

कांग्रेस नेतृत्वमा जाँदा राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमासमेत छलफल भएको छ । 

कोशीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले गत शुक्रबार विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहतिको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरेको हो । 

आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले चार दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । 

त्यस्तै एमालेलेसमेत पुनर्जीवितको प्रयास थालेको छ । एमालेसँग आफ्ना र राप्रपाका सांसद भए पनि नपुग एक सांसदमा जसपालाई ल्याउने प्रयास गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ