arrow

एसीसी यू–१६ इस्ट जोन कपमा नेपालको ह्याट्रिक, फाइनलमा मलेसियामाथि २२१ रनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
cricket-nepal-u16-2023-07-04.jpg

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट उपाधिमा लगातार जितको ह्याट्रिक गरेको छ । लगातार तेस्रो उपाधि जित्ने क्रममा नेपालले मंगलबार घरेलु टिम मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्यो । 

जितका लागि २५३ रनको फराकिलो चुनौती पछ्याएको मलेसियाले ३१ रनमात्र बनाउन सक्यो । उसले १४.५ ओभरमात्र क्रिजमा टिकेर ३१ रन बनाएको हो । 

मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कप्तान अभिशेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ५ विकेट लिए । 

त्यस्तै सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । त्यस्तै अशोक धामीले ५ बल गर्दै १ रन दिएर १ विकेट लिए । 

नेपालको इनिङ्स
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २५२ रन बनायो । नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाएको हो । 

नेपालका लागि नरेनले शानदार शतक बनाए । उनले ८९ बलमा २ छक्का १० चौकाको मद्धतले अविजित रहँदै ११२ रन बनाए । 

निरजकुमार यादवले ४९ बलमा ४७, सन्तोष यादवले २९ बलमा २६ तथा सूयाँशु कोइरालाले २३ बलमा १८ रन बनाए । मुहम्मद अक्रमले ३ विकेट लिए ।

सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ