arrow

डडेल्धुरा पुगेर रविले भने – व्यक्तिगत स्वार्थका लागि राजनीति गर्दैनौँ 

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० असार २१ बिहिबार
ravi-lamichhane-dadeldhura-2080-03-21.jpg

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कहिल्यै पनि व्यक्तिगत स्वार्थका लागि राजनीति नगर्ने बताएका छन् ।

बिहीबार डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित आमसभालाई सम्बोधन गर्दै लामिछानेले व्यक्तिगत स्वार्थका लागि राजनीतिलाई कहिल्यै उपयोग नगर्ने र कसैलाइ पनि राजनीतिलाई त्यसका लागि उपयोग गर्न नदिने बताएका छन् ।

संगठन विस्तारमा तीव्रता दिइरहेको पार्टीले स्थानीय नागरिकले चाहेको ब्यक्तिलाई स्थान दिने उनले बताए । भेलालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आफ्ना लागि मात्र होइन यो देशका लागि र विशेष गरी डडेल्धुराका लागि को मान्छे चाहिन्छ, ती मान्छेलाई पार्टीमा ल्याउनका लागि जानु होला आफ्नो दौडमा नदौडनु होला ।’ 

‘डडेल्धुरामा त्यस्तो मान्छे छ, जसको काँधमा डडेल्धुराको भविश्य सुम्पन सकिन्छ  भने तिनको घरमा हात जोडेर घण्टीमा आउनुस् भन्न म जान्छु । मलाई लिएर जानुहोला र असल मान्छेलाई पार्टीमा लिएर आउँ’, लामिछानेले भने ।

अहिलेको सरकार सत्ता जोगाउने खेलमा लागेको भन्दै लामिछानेले विभिन्न काण्डहरुका फाइल खोलिएको भए पनि त्यसलाई फेरि बन्द गर्ने षडयन्त्र गर्न खोजेको आरोप पनि लगाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ