arrow

प्रधानमन्त्री कपः पुलिसको लगातार तेश्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
volleyball-pm-cup-2080.jpg

काठमाडौँ । नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० भलिबलमा लगातार तीन जित निकालेको छ ।

सोमबार सम्पन्न खेलमा पुलिसको महिला टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । 

पुलिसले एकतर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो । यस जितसँगै पुलिसको ९ अंक भएको छ । यसअघि पुलिसले गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिग प्रतियोगिताको अर्को खेलमा एपीएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८, २५–८ को सोझो सेटमा पराजित गर्दै आफ्नो खातामा थप ३ अंक जोडेको छ ।

एपीएफको लिगमा यो दोश्रो जित हो । यस अघि एपीएफले आर्मीलाई पराजित गरेको थियो । एपीएफको ५ अंक भएको छ । आर्मीसँग एपीएफले अंक बाँडेको थियो ।

यस्तै सोमबार सम्पन्न महिलातर्फको अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो ।

यससँगै डायमन्डको ६ अंक भएको छ । यसअघि डायमन्डले गण्डकीलाई पराजित गर्दै ३ अंक जोडेको थियो । अंक तालिकामा डायमन्ड दोश्रो स्थानमा रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपाल क्लबले दोश्रो जित आत्मसाथ गरेको छ । हेल्प नेपालले दावाँली मिलन क्लबलाई ३–० सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१७ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–२१ ले जित्दै थप ३ अंक आफ्नो खातामा लेखाएको हो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । हेल्प नेपालले यस अघि सैलुङ्ग बाघढुङ्गालाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

पुरुष तर्फकै अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले पराजित ग¥यो । संघर्षपूर्ण खेलमा आर्मीले ३ भारतीय खेलाडी सम्मिलित टोली गण्डकीलाई २५–१९, २६–२४, ३३–३१ ले पराजित गरेको हो । यस जितका साथ आर्मीको ९ अंक भएको छ । यसअघि आर्मीले दावाँली मिलन क्लब र सैलुङ्ग बाघढुङ्गलाई जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ