- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनचाँदीको भाउ फेरबदल नभएको हो ।
मंगलबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै सुनको त्यतिमा नै कारोबार भएको थियो ।
चाँदीको भाउ पनि मंगलबार स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ सोमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।