arrow

एमाले सरकार बनाउने खेलतिर लागेको छैन – केपी ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
kp oli.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । 

नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने, जोगाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए । 

ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्याएका हुन् । उनले सरकार र सत्तारुढ दलहरुले झुटो बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोपसमेत लगाए ।

अध्यक्ष ओलीले संविधान र कानून बमोजिम रद्द भइसकेको मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुटो कुरा गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए । 

ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ