arrow

महाकालीको त्रास

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
mahakali-jalistar.JPG

काठमाडौं ।  भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ ।

मंगलबार बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । 

उनले भने, “राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ ।” 

महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन् । महाकाली नदीले दार्चुला सदरमुकामस्थितको बङ्गाबगर पारी भारततर्फ कटान गर्दा एक घर बगाएको छ । त्यस क्षेत्रमा नदीले जमिन कटान गरिरहेको छ ।

सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ