arrow

मन्टेश्वरीको सेफ्टी ट्याङ्कीमा डुबे बालक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
toilet.jpeg

काठमाठौं । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका-१० का बालकको मंगलबार मृत्यु भएको छ । 

सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले उक्त विद्यालयका सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । विद्यालयको लापर्बाहीका कारण बालकको मृत्यु भएको वडा नम्बर-१० का वडाध्यक्ष नारायण खनालको भनाइ छ । 

विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापर्बाहीपूर्वक छोपिएको कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको उनको भनाइ छ । 

हाल ६३ जना अध्ययनरत उक्त विद्यालय विसं २०७० मा गुरुङले स्थापना गरेका हुन्। विद्यालयमा पिजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ