arrow

अमेरिकासँग सबैभन्दा शक्तिशाली सेना, भारत चौथोमा, नेपाली सेना कतिमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
army-military.JPG

काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली सेनाको सूची सार्वजनिक भएको छ । ग्लोबल फायर पावरको ‘मिलिटरी स्ट्रेन्थ लिस्ट-२०२३’ नामक वेबसाइटले डिफेन्स डाटा समावेश गरी विश्वका १४५ देशका सेनाको क्षमताको विश्लेषण गरी सूची जारी गरेको छ ।

सो सूचीमा सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाका सेना पहिलो स्थानमा रहेका छन् । सूचीको दोस्रो स्थानमा रुसी सेना रहेको छ । जो अहिले युक्रेनमा युद्ध लडिरहेको छ । 

सो सूचीको तेस्रो र चौथो स्थानमा नेपालका दुई छिमेकी राष्ट्र चीन र भारत रहेका छन् । पाँचौँमा बेलायत छ । छैटौँमा दक्षिण कोरिया, सातौँमा पाकिस्तान, आठौँमा जापान, नवौँमा फ्रान्स र दसौँमा इटाली रहेको छ ।

नेपाल भने यो सूचीको १२९ औँ स्थानमा छ । नेपालको सेनको अवस्था अझ कमजोर बनेको फायर पावरको डाटाले देखाएको छ । 

सूचीमा समावेश १४५ देशहरूमध्ये भुटान सैन्य रूपमा सबैभन्दा कम शक्तिशाली देश हो। 

भुटान १४५, बेनिन १४४, मोल्डोभा १२३, सोमालिया १४२ र लाइबेरिया १४१ औँ स्थानमा छन्। 

ग्लोबल फायरपावरले कुनै देशको पावर इन्डेक्स निर्धारण गर्न ६० भन्दा बढी व्यक्तिगत कारकहरू, सैन्य एकाइहरूको मात्रा र वित्तीय स्थितिदेखि सैन्य क्षमता र भूगोलको आधारबाट निकालेको उल्लेख गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ