arrow

तरबार प्रहार गरेर पूर्वकर्मचारीले लिए हाकिमको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार

काठमाडौं । बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् ।

एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनु कुमार र प्रबन्ध निर्देशक (एमडी) पानिन्द्र सुब्रमण्यको पूर्वकर्मचारीले तरबार प्रहार गरेर मारेका प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार फेलिक्स भनेर चिनिने अभियुक्त पूर्वकर्मचारीले एरोनिक मिडियाको कार्यालयमा पसेर आफ्ना पूर्व हाकिममाथि तरबारले प्रहार गरेको थियो । 

आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ