- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीले अब काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् ।
चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा. सायमी केएमसीमा आवद्ध भएका हुन् ।
प्राडा सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा शुरु गर्ने केएमसीकी अध्यक्ष सोइना शर्माले जानकारी दिइन् ।
उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा. सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउन लागेको हो ।
शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए ।
उनले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउने गरेका छन् ।