arrow

राष्ट्रपति कार्यालयमा चौतारो र पोखरी, पौडेलले रोपे वर–पीपल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
ramchandra-poudel-2080-03-28.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार बिहान राष्ट्रपति कार्यालय परिसरभित्र वर–पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन् । 

राष्ट्रपति पौडेलले वर–पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै निर्देशन दिएका थिए । सोहीअनुरूप उनले बिहीबार पूजा अर्चनासहित वर–पीपल रोपेका हुन् । 

राष्ट्रपति भवनको पश्चिमपट्टीको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपिएको हो । 

सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ