arrow

सांसदले खाए थप्पड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
samsad-thapad.JPG

काठमाडौं । जनताबाट चुनिएर गएका सां‌सदले जनताको गुनासो सम्बोधन नगरेपछि थप्पड खाएका छन् । 

भारतको हरियाणामा एक सांसदले थप्पड खाएका हुन् । एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी हुन् । 

सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौ?’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् । 

 सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए ।  हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ । भने   हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाबाट हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ