arrow

चट्याङ लागेर किशोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
lighting-thundering.jpg

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । 

चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गुल्मी मुसिकोट नगरपालिका वडा नं. १ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् । 

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ