arrow

चन्द्रयानको तयारी पूरा, आज दिउँसो प्रक्षेपण गर्दै भारत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
isro-rocket.JPG

काठमाडौं ।  भारतले आज चन्द्रयान प्रक्षेपण गर्दैछ। आज दिउँसो २.३५ बजे भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले चन्द्रयान-३ प्रक्षेपण गर्ने तयारीमा छ । 

पृथ्वीबाट चन्द्रमाको दूरी ३ लाख ८४ हजार ४ सय किलोमिटर छ । यो पार गर्न चन्द्रयान-३ लाई ४६ देखि ४८ दिन लाग्नेछ। चन्द्रमामा यानले अवतरण गर्ने दिन अगस्ट २३ हुन सक्ने अनुमान गरिएको छ ।

यस अभियानका लागि सबै किसिमको तयारी पूरा भएको छ। चन्द्रयान-३ चन्द्रमाको सतहमा अवतरण हुने बित्तिकै भारत यस्तो गर्ने विश्वको चौथो देश हुनेछ। 

चन्द्रयान-३ दक्षिण ध्रुवमा अवतरण भयो भने भारत दक्षिण ध्रुवमा पुग्ने विश्वको पहिलो देश बन्नेछ। यसअघि सन् २०१९ मा चन्द्रयान-२ विक्रम ४७ दिनको यात्रा तय गरेपछि दुर्घटनाग्रस्त भएको थियो ।

यस मिसन अन्तर्गत, वैज्ञानिकहरूले चन्द्रमाको माटोको विश्लेषण गर्ने, चन्द्रमाको सतहको वरिपरि घुम्ने र चन्द्रमासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारीहरू पत्ता लगाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ