arrow

लम्पी स्किनमा सरकार उदासिन : पदम गिरी [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
padam-giri-2080-03-29.jpg

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकार उदासिन भएको बताएका हुन् । 

उनले लम्पी स्किन रोगबाट किसानहरुलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझै पनि पशुहरुलाई प्रभावकारी ढंगले खोप लगाउन नसकिएको बताए । 

उनले गाउँगाउँमा प्राविधिकहरुसमेत पठाउन नसकेको भन्दै सरकारलाई यसप्रति ध्यानाकर्षण गराए । उनले बजेट अभाव भएमा निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भए पनि नियन्त्रणका लागि लाग्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ