arrow

घिमिरे अमेरिकामा क्विन्स डेमोक्रयाटिक पार्टीको तर्फबाट निर्विरोध निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
somnath-ghimire-usa-2080.jpg

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे न्यूयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्रयाटिक पार्टीको तर्फबाट जुडिसियल डेलिगेट्सको उम्मेद्वारमा प्रथम नेपाली अमेरिकन निर्विरोध निर्वाचित भएका छन् । 

उनी विशेष गरी कोरोना कहरको समयमा फाउन्डेशन टीमको सकृय साथ र सहकार्यसँगै विभिन्न मानवीय सहयोगमा अहोरात्र खटिएका थिए । क्विन्स क्षेत्रलाई केन्द्रमा राखी उनी राष्ट्रपति जो बाइडेन, बाराक ओबामा र बिल क्लिन्टनको राष्ट्रपतिय चुनावीअभियानमा डेमोक्रेटिक पार्टीको सिपाही स्वयंसेवक भएर अहोरात्र खटिएका थिए । 

राष्ट्रिय (संघीय), राज्य र स्थानीय तहमा धेरै डेमोक्रेटिक अभियानहरूमा स्वयंसेवक छन् । न्यूयोर्कका संघीय मेम्बरहरु, मेयर, काउन्टी प्रमुख एवं सीटी काउन्सिल मेम्बरहरु, ऐसेम्ब्ली मेम्बरहरु र पार्टीको उच्च कमान्डको प्रत्यक्ष साथ सहयोग एवं निर्देशनमा रही सामाजिक कार्यमा खटिएका थिए । 

घिमिरे विराटनगरमा हुँदा २०४५–४६ सालको प्रजातान्त्रिक जन आन्दोलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल शिक्षक संघसँग आबद्ध भएर अहम् भूमिका खेलेका थिए । 

उनी साउथ एसियन फर अमेरिका न्यूयोर्क राज्यको राज्य निर्देशक हुन् भने एलायन्स फर साउथ एसियन अमेरिकन लेबरको राष्ट्रिय उपाध्यक्ष हुन् ।

उनले डेमोक्र्याटिक पार्टी एवं समाजलाई पुर्याएको भूमिकाको उच्च मूल्याकंन गर्दै डिस्ट्रिक्ट ३० को जुडियियल डेलीगेट्सको उम्मेदवारीमा निर्विरोध निर्वीचित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ