arrow

केएमसीमा वरिष्ठ मुटुरोग विशेषज्ञ अरुण सायमीको सेवा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
Dr.Arun-Sayami.jpg

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले आजबाट काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार सेवा शुरु गरेका छन् । 

चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय प्रसिद्ध डा. सायमी केएमसीमा आवद्ध भएर उपचार सेवा शुरु गरेका हुन् ।
    
उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा. सायमीलाई भित्र्याएर मुटुरोग विभागको सेवालाई थप मजबुत बनाएको केएमसीकी अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । 

शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । डा. सायमीको प्रवेशसँगै केएमसीको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको थप मजबुत टिम बनेको अस्पतालका महाप्रबन्धक नारायण दाहाल बताउँछन् ।
    
केएमसीको मुटु विभागमा प्राडा.सञ्जय श्रेष्ठ, डा.आदित्य महासेठलगायत विशेषज्ञ डाक्टरहरू पनि कार्यरत छन् । 

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा.राजेश नेपाल र डा.सहदेव ढुंगानाले पनि सेवा दिने गरेका छन् । डा.सुनील शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । मुटु विभागको सेवामा पनि निकै सुधार गरिएको छ ।
    
केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ पनि सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधि सहितको सो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ