arrow

एसियाली मुलुकमा मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौती बढ्दोः फोरम एसिया [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
RAW.00_23_18_09.Still002.jpg

काठमाडौँ । मानव अधिकार तथा विकास मञ्च (फोरम एसिया) ले विश्वव्यापी रुपमा मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौती बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ । 

फोरम एसियाको काठमाडौँमा बसेको बोर्ड बैठकले एसिया महादेश भित्रका सबै देशहरुमा मानवअधिकार रक्षकहरुको अवस्था एउटै रहेको र उनीहरुमाथि दैनिक रुपमा नयाँ नयाँ प्रकृतिका चुनौती थपिँदै गएको निष्कर्ष निकाल्दै अन्तरदेशीय सञ्जाल बनाएर मुद्दाको पैरवी गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

देश भित्रै विकसित राजनैतिक घटनाक्रम, सीमा क्षेत्रमा दैनिक हुने मानवअधिकार उल्लंघनका घटना, अन्तरदेशीय सम्बन्ध लगायतको प्रत्यक्ष असर मानव अधिकार रक्षकहरुमा पर्ने गरेको निस्कर्ष बैठकले निकालेको छ ।

फोरम एसियाले व्यापार व्यवसायका कारण पनि मानवअधिकार उल्लंघन हुने क्रम बढ्दै गएकाले त्यसतर्फ पनि सचेत हुन सबैलाई आह्वान गरेको छ । विश्वव्यापी उदारीकरणसँगै विकसित घटनाक्रमले मानवअधिकार रक्षकहरुकै सुरक्षामा चुनौती थपिएको भन्दै बैठकले मानवअधिकारको रक्षा र मानवअधिकार रक्षकहरुको सम्मानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएको हो ।

फोरम एसियाका अध्यक्ष जेराल्ड जोसेपले दक्षिण एसियाली मुलुकमा मानवअधिकार रक्षकमाथि बढ्दै गएको चुनौती सामाना गर्न अन्तरदेशीय सञ्जाल बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले मानवअधिकार रक्षकहरु सरकारका विरोधी नभएको र उनीहरु मानव अधिकारको रक्षा, लोकतन्त्र र विकाशको मुद्दाका सहयोगी हुन् भन्ने बुझाउनु आवश्यक रहेको बताए ।

फोरम एसियाकी बोर्ड सदस्य एवं मानवअधिकार रक्षक डा रेणु अधिकारीले समुदायस्तरमा काम गरिरहेका मानव अधिकार रक्षकहरुको अवस्थामा अहिले पनि सुधार आउन नसकेको र थप सुरक्षा चुनौती बढेको बताइन्। उनले विश्वव्यापी रुपमा नै देखिएको आर्थिक संकटले थपेको चुनौतिसँगै व्यापार व्यवसायका कारण मानवअधिकारमा थप्न सक्ने जोखिमतर्फ सजग हुदै मानवअधिकार रक्षकको सुरक्षा र सम्मानका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

मानवअधिकार रक्षकहरु सम्मिलित ८५ वटा संस्थाको साझा सञ्जाल फोरम एशिया २४ वटा देशमा कार्यरत छ । फोरम एसियाको बोर्डमा नेपालसहित ९ वटा देशको प्रतिनिधित्व रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ