arrow

पहिलो दिन दुई घण्टामात्रै बस्यो काँग्रेस बैठक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
congress-meeting-2080-04-02 (12).jpg

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि शुरु भएको छ । पहिलो दिन दुई घण्टामात्रै बसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ । 

दिउँसो २ः११ बजे शुरु भएको बैठक अपरान्ह ४ः११ बजे सकिएको थियो । बैठक भोलिदेखि बिहान ११ बजेदेखि नै शुरु हुने सभापति शेरबहादुर देउवाले बताएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । 

यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए । 

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरे । 

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।

काँग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ । 


 

congress-meeting-2080-04-02 (1).jpg
congress-meeting-2080-04-02 (2).jpg
congress-meeting-2080-04-02 (3).jpg
congress-meeting-2080-04-02 (4).jpg
congress-meeting-2080-04-02 (5).JPG
congress-meeting-2080-04-02 (6).JPG
congress-meeting-2080-04-02 (7).JPG
congress-meeting-2080-04-02 (8).JPG
congress-meeting-2080-04-02 (9).JPG
congress-meeting-2080-04-02 (10).JPG
congress-meeting-2080-04-02 (11).jpg
congress-meeting-2080-04-02 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ