arrow

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
Nepal-Press-Union-600x300.jpg

काठमाडौं ।  लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत भएका छन् ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान-२०४८ (छैटौँ संशोधन-२०७९) को धारा २३ बमोजिम नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षद्धय दाहाल र झालाई सल्लाहकारमा मनोनीत गरेका हुन् । 

मनोनीत भएका दाहाल नेपाल प्रेस युनियनका संस्थापक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा झा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन् ।

संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि दाहाल र झाको योगदान महत्वपूर्ण हुने प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए । नेपाल प्रेस युनियनको विधानमा सल्लाहकार मनोनयन गर्ने व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ