arrow

मदिराको मातमा आगजनी, ११ को मृत्यु, चार घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

मेक्सिको सिटी । उत्तरी मेक्सिकोमा मदिराले मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना  भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन् । 

मदिराले मातेको एक अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झ्वाँकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मदोन्मत्त उसले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उसलाई बारबाट निष्काशन गरिएको थियो ।

कथित अपराधी पत्ता लगाउन सङ्घीय, स्थानीय र नगरपालिकाको समन्वयमा मन्त्रालयको अपराध अनुसन्धान निकाय र विज्ञ सेवाले घटनास्थलमा काम गरिरहेका जनाइएको छ । 

सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई “दुःखद घटना भन्दै नागरिक सुरक्षा कार्यालय र नगरपालिकाका अग्नि नियन्त्रकरूले अनुसन्धानमा सहयोग गरिरहेका बताएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ